[Nepali] इभिसामा रूपान्तरण: तपाईंलाई थाहा हुनुपर्ने कुरा   

[Nepali] इभिसामा रूपान्तरण: तपाईंलाई थाहा हुनुपर्ने कुरा   

संयुक्त अधिराज्यको गृह मन्त्रालयले (UK Home Office) सबै भौतिक कागजातहरू प्रतिस्थापन गर्दै इभिसा (eVisa) नामक नयाँ डिजिटल प्रणाली लागू गर्दैछ। यो परिवर्तनले संयुक्त अधिराज्यमा बसोबास गरिरहेका आप्रवासीहरू र नयाँ भिसा आवेदन दिने व्यक्तिहरू दुबैलाई असर गर्छ।   

नागरिक अधिकार परियोजना (Citizens Rights Project) लाई संयुक्त अधिराज्यको गृह मन्त्रालयले, अगस्ट २०२५ को अन्त्यसम्मका लागि स्कटल्याण्डमा बसोवास गरिरहेका आप्रवासीहरूलाई इभिसा प्रणालीमा रूपान्तरण गर्न सहयोग प्रदान गर्न अनुदान दिएको छ। यदि यो परिवर्तनले तपाईं वा तपाईंले चिनेका कसैलाई असर गर्न सक्छ भने, कृपया तल दिएको जानकारीहरू ध्यानपूर्वक पढ्नुहोस्।   

इभिसा (eVisa) के हो?   

इभिसा एक अनलाइन रेकर्ड हो, जसले तपाईंको आप्रवासन स्थितिको प्रमाणको रूपमा काम गर्छ। यसले बायोमेट्रिक रेसिडेन्स परमिट (BRP), बायोमेट्रिक रेसिडेन्स कार्ड (BRC), राहदानीमा भएको स्ट्याम्प, भिसा स्टिकर (vignette sticker) तथा अन्य पुराना कागजातहरूलाई प्रतिस्थापन गर्छ।   

महत्त्वपूर्ण कुरा, इभिसा प्राप्त गर्दा तपाईंको आप्रवासन स्थिति (Immigration Status) मा कुनै असर पर्दैन। यो केवल तपाईंको आप्रवासन स्थितिको प्रमाण डिजिटल बनाउने प्रक्रिया मात्र हो।   

मेरो BRP/BRC छ। इभिसा सेटअप गर्न के गर्नुपर्छ?   

इभिसा सेटअप गर्न तपाईंलाई निम्न कुराहरू आवश्यक पर्छः   

  • तपाईंको BRP/BRC   
  • तपाईंको जन्म मिति   
  • इमेलमा पहुँच   
  • मोबाइल 
  • इन्टरनेट चल्ने स्मार्टफोन (आईफोन ७ वा नयाँ मोडल, वा NFC सपोर्ट गर्ने एन्ड्रोइड फोन जसले कन्ट्याक्टलेस भुक्तानी गर्न सक्छ)   
  • UK Immigration ID Check एपमार्फत तपाईंको BRP कार्ड स्क्यान गर्न, अनुहार स्क्यान गर्न र पासपोर्ट शैलीको फोटो लिन स्मार्टफोन आवश्यक पर्छ। 

मेरो इभिसा (eVisa) कसरी सेटअप गर्ने?   

१. आफ्नो UKVI खाता बनाउनुहोस्:   

सबैभन्दा पहिले, UKVIको वेबसाइटमा गएर आफ्नो खाता खोल्नुहोस्। खाता खोल्नलाई निम्न लिखित निर्देशन पालना गर्नुहोस्।  

यो वेबसाइट लिङ्क (https://www.gov.uk/get-access-evisa) क्लिक गर्नुहोस् र “Create a UKVI account to get access to your eVisa” भन्ने ठाउँसम्म स्क्रोल गर्नुहोस् र “Start Now” मा क्लिक गर्नुहोस्।  

२. एप डाउनलोड गर्नुहोस्:   

खाता सेटअप गरेपछि, तपाईंलाई ‘UK Immigration ID Check’ एप डाउनलोड गर्न भनिन्छ। यो एप तपाईंको eVisa लाई UKVI खातासँग लिङ्क गर्न आवश्यक हुन्छ। 

३. आफ्नो विवरणहरू स्क्यान गर्नुहोस्:   

एपको प्रयोग गरी,  

  • आफ्नो अनुहार स्क्यान गर्नुहोस्,  
  • पासपोर्ट-शैलीको फोटो खिच्नुहोस्,  
  • आफ्नो BRP कार्ड स्क्यान गर्नुहोस्। 

यस प्रक्रियाले तपाईंको डिजिटल आप्रवासन स्थिति (immigration status) लाई तपाईंको UKVI खातासँग लिङ्क गर्छ।   

४. आफ्नो विवरणहरू जाँच गर्नुहोस्:   

तपाईंले भरेको सबै विवरणहरू ठीक छ कि छैन भनेर एकपटक  पुनः जाँच गर्नुहोस् र ठीक छ भने पेश गर्नुहोस्।  

मेरो पासपोर्ट, भिसा स्टिकर (vignette stickers), वा अन्य पुराना कागजातहरू छन्। इभिसा सेटअप गर्न के गर्नुपर्छ?   

यदि तपाईँसँग पासपोर्ट, भिसा स्टिकर (vignette stickers), वा अन्य पुराना कागजातहरू छन् भने, तपाईंले ‘नो टाइम लिमिट आवेदनको’ (No Time Limit Application) लागि आवेदन दिनुपर्नेछ। यसको लागि तपाईसँग  संयुक्त अधिराज्यमा इन्डेफिनेट लिभ टु इन्टर (ILE) वा इन्डेफिनेट लिभ टु रिमेन (ILR) हुनुपर्छ।   

तपाईंलाई निम्न कुराहरू आवश्यक पर्छ:   

  • तपाईंको जन्म मिति   
  • तपाईंको पासपोर्ट   
  • इमेलमा पहुँच   
  • मोबाइलमा पहुँच   

 इभिसा (eVisa) कसरी सेटअप गर्ने?   

१. आफ्नो UKVI खाता बनाउनुहोस्:   

सबैभन्दा पहिले, UK Visas and Immigration (UKVI) वेबसाइटमा गएर आफ्नो खाता बनाउनुहोस्।   

यदि तपाईंले EU Settlement Scheme मा आवेदन दिनुभएको छ वा ‘UK Immigration ID Check’ एप प्रयोग गरी भिसाका लागि आफ्नो परिचय प्रमाणित गर्नुभएको छ भने, तपाईंले पहिले नै UKVI खाता बनाइसक्नुभएको हुन सक्छ।   

२. आफ्नो राहदानीको फोटो अपलोड गर्नुहोस्:   

आफ्नो राहदानीको फोटो लिनुहोस् र अपलोड गर्नुहोस्। 

३. आफ्नो विवरणहरू जाँच गर्नुहोस्:   

सबै जानकारी ठीक छ कि छैन भन्ने कुरा पुनः जाँच गर्नुहोस् र त्यसपछि पेश गर्नुहोस्।   

युरोपेली संघ/युरोपेली आर्थिक क्षेत्र/स्विस (EU/EEA/Swiss) नागरिकका परिवारका सदस्यहरूका लागि   

यदि तपाईं EU Settlement Scheme (EUSS) अन्तर्गत आवेदन दिएका तेस्रो देशका नागरिक (Third Country National – TCN) हुनुहुन्छ भने,  र pre-settled वा settled status प्राप्त गर्नुभएको छ भने, तपाईंले Biometric Residence Card (BRC) प्राप्त गरिसक्नुभएको हुनुपर्छ।  यस अवस्थामा, तपाईंसँग पहिले नै eVisa, जसलाई अनलाइन आप्रवासन स्थिति (Online Immigration Status) पनि भनिन्छ, हुनुपर्छ। 

कृपया तपाईंले आफ्नो eVisa कसरी पहुँच गर्ने भन्ने थाहा छ भनी सुनिश्चित गर्नुहोस् र तपाईंको राहदानी तपाईंको खातासँग जोडिएको छ भनी प्रमाणित गर्नुहोस्। साथै, तपाईंको सबै सम्पर्क विवरण र ठेगाना अद्यावधिक गरिएको छ भनी सुनिश्चित गर्नुहोस्। तपाईंको UKVI खातामा लगइन गर्न यहाँ (link here) क्लिक गर्नुहोस्। 

सहयोग चाहिन्छ?   

यदि तपाईंलाई वा तपाईंले चिनेका कसैलाई यो प्रक्रिया पूरा गर्न सहयोग आवश्यक छ भने, हामीलाई immigration@sandybrown-hyena-964904.hostingersite.com मा “eVisa Transition Support” विषय राखेर इमेल गर्नुहोस्। हामी तपाईंलाई प्रत्येक पाइलामा सहयोग गर्न तयार छौ। 

उपयोगी लिङ्कहरू   

Author

  • International Migrants’ Day 2025 – It Takes a Community

    International Migrants’ Day 2025 – It Takes a Community

    On International Migrants’ Day 2025, we are reminded that defending migrants’ rights takes collective action. At Citizens Rights Project, we work through migrant-led, community-based support to ensure people can access their rights with dignity amid increasingly hostile narratives.

    ,
  • Building the Craigmillar & Niddrie of the Future

    Building the Craigmillar & Niddrie of the Future

    Migrant Justice Edinburgh (MJE), a partnership Citizens Rights Project is form, is organising a workshop to get together with migrants residing in the areas of Craigmillar and Niddrie.

  • Citizens Rights Project joins Migrant Justice Edinburgh (MJE)

    Citizens Rights Project joins Migrant Justice Edinburgh (MJE)

    We have joined the Migrant Justice Edinburgh collective to build solidarity, organise, and take collective action among migrants across the city.

  • [Farsi] انتقال به ویزای الکترونیکی: آنچه باید بدانید 

    [Farsi] انتقال به ویزای الکترونیکی: آنچه باید بدانید 

    इभिसामा रूपान्तरण: तपाईंलाई थाहा हुनुपर्ने कुरा    संयुक्त अधिराज्यको गृह मन्त्रालयले (UK Home Office) सबै भौतिक कागजातहरू प्रतिस्थापन गर्दै इभिसा (eVisa) नामक नयाँ डिजिटल प्रणाली लागू गर्दैछ। यो परिवर्तनले संयुक्त अधिराज्यमा बसोबास गरिरहेका आप्रवासीहरू र नयाँ भिसा आवेदन दिने व्यक्तिहरू दुबैलाई असर गर्छ।    नागरिक अधिकार परियोजना (Citizens Rights Project) लाई संयुक्त अधिराज्यको गृह मन्त्रालयले, अगस्ट २०२५…